२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

दलित मानव अधिकार निगरानी समितिको छैठौँ साधारणसभा



राम प्रघट कोरी, विजयनगर ।
दलित मानव अधिकार निगरानी समितिको छैठौँ साधारणसभा सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं. ५ चन्द्रौटामा शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान सहित साधारणसभा भएको हो ।
यस दलित मानव अधिकार निगरानी समितिले समाजमा रहेको दलित माथि हुने विभेद, महिला हिंसा अन्त्यको लागि विभिन्न रचनात्मक कार्यक्रम, सशक्तिकरणको साथै राज्यको मूल प्रवाहमा यस समुदायको पहँच पु¥याउनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारीले चौधरीले दलित मानव अधिकार निगरानी समितिले दलित समुदायमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी जागृत गर्ने कार्यमा महत्वपर्ण भुमिकाको निर्वाहमा सह्रनिय काम गरिरहेको बताउनु भयो ।
दलित समुदायको सशक्तिकरण, क्षमता विकास तालिम, अभियान चलाई उक्त समुदायको उत्थानममा जोड दिएको चौधरीले बताउनु भयो । उहाँले आफ्नो हक अधिकारका लागि आफैँ वकालत गर्र्न सके मात्र विभिन्न विभेद, हिंसा छिटै हट्ने दलित समुदायको विकास हुने कुरामा जोड दिनु भयो ।
यस्तै कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष मिना परियारले सरोकारवाला निकायको ध्यान आकर्षण गराई पिडित पक्षमा वकालत गर्दै विभिन्न सीप, तालिम, संगठन प्रवद्र्धन र परिचालन गर्ने अधिकार स्थापित गर्ने पतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव प्रोख्रेलले दलित मानव अधिकार निगरानी समितिले सह्रनिय कार्य गरेको भन्दै प्रगतिको कामनाको साथै सवैलाई शुभ दिपावली र छठ पर्वको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारको अध्यक्षता, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारीको प्रमुख अतिथ्यता, नेपाल पत्रकार महासघं पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्माको विशिष्ट अतिथ्यता, शिवराज नगरकार्यपालिका सदस्य टिका विश्वकर्मा, वाणगंगा नगरकार्यपालिका सदस्य कृष्ण सुनार, रामदेव पासी, बुद्धभूमि नगरकार्यपालिका सदस्य रामदेव पासी, मानव अधिकार पतिष्ठानका संयोजक विष्णु प्रसाद खतिवडा, चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव प्रोख्रेल, उद्योग वाणिज्य संघका महा-सचिव दमन भाट क्षेत्री, दियालो नेपाल संस्थाका अध्यक्ष तारा थापाको अतिथ्यतमा भएको थियो भने कार्यक्रम सञ्चालन खुम बहादुर विश्वकर्माले सञ्चालन गर्नु भएको भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  १० : १० बजे