३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

‘बेकामे उजुरी पेटिका’



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका सबै सरकारी कार्यालय अघि सुझाव पेटिका, उजुरी पेटिका, शिकायत पेटिका लेखिएका चाबि लगाएका बाकस झुण्डिएको सबैले देखेकै छ । तर ति विभिन्न नामले परीचित पेटिका नखोलेको महिना होईन वषौँ भईसक्यो प्राय सबै कार्यालयको । कति पेटिका खोलेर हेर्दा भित्र माकुराको जालो देखि बारुलाले चाका लगाएको सम्म भेटिने गरेको छ ।
पछिल्लो समय यस्ता सुझाव पेटिका सबै प्रयोग विहिन बन्दै गएका छन् । नागरिकको बढि चाप र प्रसाशनिक काम हुने जिल्ला प्रशासन कार्यालयको भवन नयाँ बनाएर काम सुरु गरे पनि पुरानो शैलिबाट उजुरी लिने सुझाव पेटिका बाहिर झुण्डाईएको नै छ । त्यहाँ सुझाव त के गुनासोको एक टुक्रा पनि नपरेको प्रशासनका कर्मचारी बताउँछन् ।
धेरै वर्ष पहिले सुझाब र गुनासोले भरिएका पत्र पेटिकामा झर्थे, गुनासो संबोधन पनि हुने गरेको थियो तर अहिले आएर बेला बखत सुझाव पेटिका खोले पनि केहि नहुँदा छोटो छोटो समयमा खोल्न छाडेको कर्मचारीको भनाई छ ।
प्रशासन कार्यालय मात्रै होईन नागरीकको चाप बढि हुने जिल्ला मालपोत, जिल्ला समन्वय समिति, नगरपालिका कार्यालय, निर्वाचन कार्यालय कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको संबन्धित कार्यालयका सुचना अधिकारीहरु बताउँछन् । कति कार्यालयमात राखेपछि उजुरी पेटिका नै खोलिएको छैन ।
कसैले हालेको थाहा पाए खोल्ने गरीए राखिएको भए पनि कार्यालय समयमा हालेको पाईदैन, अरु बेला पनि हाल्दैनन् होला भनेर खोलिदैन सुचना अधिकारीहरुको प्रतिकृया रहेको छ । खोल्न छाड्दा धेरै कार्यालयको उजुरी पेटिकाको चाबि समेत लगाएर कहाँ राखियो कार्यालय प्रमुख देखि कर्मचारी सम्मलाई थाहा हुँदैन ।
सरकारी कार्यालयहरुमा कार्यालयको काम कारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्ति लगायतबारे सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस भनि उजुरी पेटिका वा गुनासो पेटिका राखिएको हो ।
सबै सेवाग्राही सम्बन्धित अधिकारी र कर्मचारी समक्ष पुगेर गुनासो र उजुरी गर्न सक्दैनन् त्यसैले सरकारी मात्रै नभई सेवा प्रदायक कार्यालयमा यस्तो पेटिका राख्ने कानुनि प्राबधान नै छ । तर पछिल्लो समय सुचना प्रविधिको विकास र नागरीकमा चेतनाको बृद्धिकै कारण सुझाव पेटिका प्रयोग विहिन भएको कार्यालय प्रमुख तथा सुचना अधिकारीहरु बताउँछन् ।
हात हातमा मोवाईल र मोवाईलमा ईटरनेट हुँदा उजुरी, गुनासो वेवसाईटको कमेण्ट बक्समा लेख्ने, फोन गर्ने र सुचनाको हकको प्रयोग गर्दै जानकारी लिने हुँदा पनि समय परीवर्तन सँगै उजुरी पेटिकाको प्रयोग हराएको हो । तर केहि नागरीक भने सरकारी कार्यालयहरुमा झुण्डयाईएको सुझाव पेटिकामा सुझाव वा कुनै गुनासो हल्दापनि पेटिका नखोलिने र खोलिएपनि कार्यान्वयन नहुने भएकोले सुझाव पेटिकामा कुनै सुझावहरु वा गुनासो नपर्ने बताउँछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  ७ : ०४ बजे