बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार देखि सुरु भएको एवाईसी अन्तरपालिका स्तरीय तेस्रो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगा नगरपालिकाले हात पारेको छ । ‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने मुलनाराका साथ स्थापित अर्घाखाँची युवा परिषद् सन्धिखर्क २ द्धारा आयोजित प्रतियोगीतामा जिल्लाका ६ वटै पालिकाहरुले सहभागिता जनाएका थिए ।
बुधबार सम्पन्न फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई सोझो सेटमा हराउँदै शितगंगा नगरपालिकाले पहिलो स्थानको विजयी हात पारेको हो । प्रतियोगीतामा सितगंगा नगरपालिका प्रथम, सन्धिखर्क नगरपालिका द्धतिय र भूमिकास्थान नगरपालिकाले तृतिय स्थान हासील गरेका छन ।
यता पाणिनी गाउँपालिका भने निर्धारित समयमा खेलमा सहभागि नभएपछि स्वतः भूमिकास्थान नगरपालिका तृतिय भएको आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु.५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई रु २० हजार सहित आर्कषक शिल्ड, मेडल र प्रमाण पत्र परिषदका महासचिव प्रकाश भुसालले प्रदान गरेका थिए ।
यस्तै प्रतियोगीतामा ३ पटक सम्म लगातार रनिङ्गशिल्ड जित्ने टिमलाई नगद रु. १ लाखको साथमा शिल्ड प्रमा पत्र पनि प्रदान गरिने परीषदका अध्यक्ष काजी श्रेष्ठले बताए । यसअघि प्रतियोगीताको सोमबार जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले उद्घाटन गरेका थिए । शितगंगाले लगातार दोस्रोपटक रनिङ्गशिल्ड जितेको हो ।
यसैबीच आगामी बर्ष चौथो एवाईसी अन्तरपालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता २०७७ साल कात्तिक २० गते खेलाडी प्रशिक्षण कार्यक्रम सहित कात्तिक २१ र २२ गते सन्धिखर्क टुडिखेलमा हुने आयोजकले जानकारी दिएको छ ।
पहिलो स्थानको जित हात पारेपछि सितगंगा नगरपालिकाका खेलाडी, शुभचिन्तक, युवाहरूले पन्चेबाजाको तालमा टीका अभिर गरि ठाडामा बिजयी उत्सव मनाएका छन् । शितगंगालाई २०७७ साल कार्तिक २१ र २२ गते हुने चौथो एवाईसी अन्तरपालिका स्तरीय रनिङ शिल्ड भबिवल प्रतियोगितामा पनि पहिलो स्थानको बिजयी हात पार्नु पर्ने चुनौती थपिएको छ ।
यसमा बेलैमा सचेत र चनाखो हुन आवश्यक छ । खेलकुदको रूपबाट शितगंगालाई उच्च स्थानमा चिनाउन सफल भएको भन्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उपप्रमुख टीका रेश्मीमगर र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले सम्पुर्ण खेलाडी तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरूलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया