२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

वाणगंगा मौरीपालन तथा मह उत्पादक सहकारीको बार्षिक साधारणसभा



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश नं. ५ का प्रदेश सांसद विष्णु पन्थीले यो बर्ष प्रदेश सरकारले करोडौंको लगानी गर्न थालेको बताउनुभएको छ । वाणगंगा मौरीपालन तथा मह उत्पादक सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद पन्थीले यस बर्ष प्रदेश सरकारले ६० करोड वाणगंगामा लगानी गर्न आटेको बताउनुभयो । यो बजेट नगरको आर्थिक, भौतीक र सामाजिक विकासमा खर्च हुने उहाँले बताउनुभयो ।
अबका दुई तीन बर्षमा तीन ओटै सरकार मिलेर वाणगंगाको बिकास हुने बताउँदै कामले पैसा भन्दा पनि पैसाले काम खोज्दै हिडेको तर्क गर्नुभयो । अबका दुई तीन बर्षमा वाणगंगा प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्ने बताउँदै उहाँले नगरको भौतीक विकाससंगै नागरिकको आयस्तरमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । वाणगंगा मौरी पालनका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै यसमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
साधारणमा सभामा आव ०७५/०७६ को बार्षिक आयव्यय र कोषाध्यक्षको आयब्यय प्रतिवेदन पास भएको छ । कार्यक्रममा नेपाल मौरी पालक किसान संघका केन्द्रिय अध्यक्ष अर्जुन पोख्रेल, बाणगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बालकुमारी पन्त, २ का वडाध्यक्ष विष्णु पौडेल, बाणगंगा कृषि शाखाका प्रमुख लेष बहादुर केसी, बिभिन्न सहकारीका अध्यक्ष लगायतले बोल्नु भएको थियो यस्तै सहकारीका अध्यक्ष लिलापति घिमिरेले भावी योजना सुनाउनुभएको थियो । कार्यक्रममा अध्यक्ष घिमिरले अर्को बर्ष साधारणसभा अब आफ्नै भवनमा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६ बिहिबार ००:००  ११ : १० बजे