मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाको सवैभन्दा पुरानो सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं साधारण सभा सिद्धिपुरमा सम्पन्न भएको छ । २०५५ सालमा स्थापना भएको सहकारीले गरिब विपन्न समुदायलाई लक्षित गरी आफनो व्यवसायिक कारोबार शुरु गरेको थियो । समूह समूह मार्फत ५÷१० रुपैयाबाट बचत शुरु गरेको संस्थाले हाल करोडौको कारोवार गरेको छ ।
विगतमा यस क्षेत्रमा बैङ्किक सुविधा नहुँदा सहकारीले वाणगंगा वासीको आर्थिक कारोवारको आधार बनेको थियो । सहकारीले गत आ.ब.को असार मसान्त सम्म २८ करोड बढिको कारोवार गरेको जनाएको छ । ४ हजार ५ सय ३१ सदस्य संख्या रहेको सहकारीले २ करोड ६ लाख ९१ हजार ५ सय बराबरको शेयर पुजी रहेको छ भने १० करोड ८७ लाख २३ हजार ७ सय ६८ रुपैया बराबर निक्षेप संकलन गरेको सहकारीका व्यवस्थापक हरिलाल शर्माले जानकारी दिनुभयो ।
सहकारीको २१ औं साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले सहकारीहरुले पूँजी संलकन गरेर यस क्षेत्रको आर्थिक सामाजिक विकासमा टेवा पु¥याएको बताउनुभयो । सहकारीको ऐन अनुसार अव एक व्यक्ति एक सहकारीको अवधारणा आएकाले सहकारीहरु पनि मर्ज गरेर जानुको विकल्प नभएको नगर प्रमुख चौधरीेले बताउनुभयो । उहाँले नगरले भौतिक विकास संगसंगै अबका वर्षमा आर्थिक सामाजिक विकासमा क्षेत्रमा निति तथा कार्यक्रम तय गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख थारुले नगरवासीलाई स्वस्थ रहन आग्रह गर्दै दैनिक खानेकुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । नगरवासी स्वस्थ रहेमात्र खुशी र समृद्ध हासिल हुने बताउदै नगरपालिकाले वडा वडामा विशेष स्वास्थ्य कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले सहकारीमा आवद्ध सदस्यहरुलाई लागत सहभागीतामा जोड दिएर विकास निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभएको छ ।
साधारण सभामा सहकारीका सचिव देवकला सुवेदीले प्रगति प्रतिवेदन तथा व्यवस्थापक हरिलाल शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको स्वागत सहकारीका उपाध्यक्ष इन्दिरा भट्टराईले गर्नुभएको थियो । आगामी वर्षको वार्षिक कार्यक्रम र बजेट सहकारीका कोषाध्यक्ष प्रकाश घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी संघका प्रदेश सदस्य तेज प्रसाद आचार्य, प्रदेश स्तरीय बचत संघका सदस्य ढाकाराम अधिकारी, दर्शन बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्ण बहादुर शाही, सिनर्जी बचत तथा ऋण सहकारी संस्थाका छविलाल नेपाली लगाएतले सिद्धार्थ सहकारीले आर्थिक कारोवार संगसंगै महिलाहरुको सशक्तिकरणको क्षेत्रमा विशेष योगदान गरेको भन्दै प्रंशसा गरेका थिए ।
महिलाहरुको बाहुल्यता रहेको सिद्धार्थ सहकारीमा ५।१० रुपैया गाउँ गाउँबाट बचत संकलन गरेर महिलाहरुको आर्थिक सामाजिक अवस्थामा परिवर्तन ल्याएको अध्यक्ष सूर्य कुमारी शाहीले बताउनुभयो ।
३० आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया