मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश नं. ५ का प्रदेशसभा सदस्य विष्णु पन्थीले अपाङ्गता भएका व्यक्तिको पक्षमा आफ्नो तर्फबाट निरन्तर पैरवी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कपिलवस्तुको वाणगंगामा बसेको राष्ट्रिय अपाङ्ग महासंघको बैठकलाई विहीबार सम्बोधन गर्दै सांसद पन्थीले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
अपाङ्गता भएका व्यक्तिका हक अधिकार राज्यको सुनिश्चित गरेको बताउँदै अब कार्यान्वयन गर्न तर्फ सबै लाग्नुपर्ने धारणा राख्नुभयो । समस्या हरेक क्षेत्रमा रहेको भन्दै सबैलाई विस्तारै समाधान गरेर अगाडी बढ्नुपर्ने तर्क गर्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई राज्यको तर्फबाट आफु सक्दो सहयोग रहेको भन्दै अझै थुप्रै कुरा गर्नुपर्ने बताउनुभयो ।
अपाङ्मैत्री भवन, स्वरोजगारीका अवसर सिजर्ना, शिक्षा, स्वास्थ्यका सवालमा राज्य गम्भिर बन्नुपर्ने भन्दै यस विषयमा आफ्नो तर्फबाट पहल हुने उहाँले बताउनुभयो ।
बुधबार देखि सुरु भएको बैठक आज लुम्बिनी घोषणा पत्र जारी गर्दै सकिएको महासंघका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिनुभयो । बैठकमा अपाङ्गता भएका व्यक्तिका सवालमा छलफल हुनुका साथै यस क्षेत्रका विभिन्न व्यक्तिलाई उपस्थित गराएर आफ्ना सवालहरुका बारेमा जानकारी दिइएको अध्यक्ष शर्माले बताउनुभयो ।
सरोकारवालाले अपाङ्गताको क्षेत्रमा राज्य र अन्य क्षेत्रबाट विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया