७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

वाणगंगाका गाउँबस्ती इन्टरनेटमा जोडिदै, ग्रामिण क्षेत्रबाट माग बढ्दो


३० आश्विन २०७६ बिहिबार ००:००  

12
Shares

गिता अर्याल, चारनम्बर ।
वाणगंगा नगरपालिकाका गाउँबस्तीमा इन्टरनेट सेवा पुगेपछि यहाँको जनजीवन सहज बन्दै छ । नगरपालिका भित्रका सवै क्षेत्रमा सूचना संचारको सहज पहुँच नपुग्दा स्थानीय बासिन्दाले समस्या झेल्दै आएका छन् । नगरपालिका भित्रका दुर्गम क्षेत्रका वस्तीमा अझै पनि संचारको सहज पहुँच पुगेको देखिदैन । नगरका कतिपय वडाका गाउँबस्तीमा टेलिफोन, इन्टरनेट लगाएतका संचार सुविधा नहुँदा ग्रामिण क्षेत्रमा सूचना आदान प्रदान गर्न कठिनाइ छ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले सेवा प्रदान गरेपछि नगरपालिकाका गाउँबस्तीहरु संचारको हिसावले सुगम बन्दै गएका छन् । वाणगंगा नगरपालिकाको वडा नम्बर १ र २ कै बस्तीहरुमा इन्टरनेट नपुग्दा संचारक्षेत्रबाट बिमुख भएका थिए । इन्टरनेट सेवाबाट बञ्चितीमा परेका वडा नम्बर १ डाडा कुला, उप्टहवा उत्तर पूर्वी क्षेत्र तथा वडा नम्बर २ कुनैया गाउँका वासीन्दाले इन्टरनेट सेवा पाएपछि सहज भएको हो ।
सुबिसु इन्टरनेट एण्ड क्लीयर टिभि जीतपुरले आफनो सेवा विकट क्षेत्रमा विस्तार गरेपछि नगर संचारक्षेत्रबाट जोडिदै गएको हो । कुनैया र डाडा कुला गाउँबस्तीमा इन्टरनेट संचारको हिसावले सुगम बन्दै समेत गएको बताइएको छ । टेलिफोन लाइन नपुगेको र मोवाइलको नेटवर्क समेत कमजोर रहेको उक्त गाउँवस्तीमा इन्टरनेट सेवा जडान गरेपछि टिभि, इन्टरनेट, मोवाइलको माध्यमबाट देश विदेश सूचना संचार प्राप्त गर्न सहज भएको बताएका छन् । सुबिसु जीतपुरले कर्पोरेट, डिजिटल टिभी र इन्टरनेट लिङ्क मार्फत सेवा प्रवाह गरिरहेको छ ।
सुबिसु जितपुरका मेनेजर लक्ष्मण पोखरेलले एकवर्ष भित्र वाणगंगा नगरका सवै वडामा फाइबर नेट पुर्याउने लक्ष्य लिएको बताए । हाल नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्ग, जीतपुर तौलिहवा सडक खण्ड र आसपासका क्षेत्रमा इन्टरनेट सेवा पुगिसकेको छ, मेनेजर पोखेरेलले भने अव वडाका अन्य गाउँमा इन्टरनेट सेवा प्रवाह गर्ने लक्ष्य छ । उनका अनुसार सुबिसुको फाइबर नेटको माग बढ्दो भएकाले ग्राहकको निरन्तर साथ र विश्वास पाए अवको एकवर्ष भित्र वाणगंगा नगरपालिका पुरै कभरेज गर्ने योजना रहेको छ ।
नगरका ग्रामिण भेग कोपवा, हथौसा, पटना, भलवाडमा इन्टरनेट सेवा विस्तार गर्न आवश्यक तयारीभैरहेको बताइएको छ । पछिल्लो समय कोपवाक्षेत्रबाट बढि माग आएको बताइएको छ । ८ सय ४४ ग्राहक रहेको सुविसुले ग्राहकलाई छिटो छरितो सेवा दिएर सन्तुष्ट बनाएको जीतपुर ब्रान्चका मेनेजर पोखरेलले बताए । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुले कपिलवस्तुमा अहिले सम्म अब्बल रहेको दावी गर्दै भनेको छ, नयाँ प्रविधीको जिआइजि फाइबरको लिङ्क मार्फत आफना ग्राहकलाई छिटो छरितो इन्टरनेटसेवा दिइरहेको छौं । ब्रान्चका आईटी इन्जिनियर त्रिभुवन पोखरेलले ग्राहकको सवै रेकर्ड डिजिटलाइज गरेका छौ । आफना ग्राहकका नेट र टिभीका धेरै समस्या कार्यालयबाटै समाधान गरिने बताए । इन्टरनेट र टिभीमा आउने समस्या तत्काल समाधान गर्न २४ घण्टा सेवा दिइरहेको ब्रान्चका इन्जिनियर पोखरेलले बताए । इन्टरनेट तथा डिजिटल टिभी सम्बन्धी आधारभूत प्राविधिक ज्ञान समेत ग्राहकलाई प्रदान गर्दै आइरहेको छ ।
वाणगंगा नगरक्षेत्रमा सुविसुका अलवा म्याक्स, मेरो टिभि, इन्टरनेट, डिसहोम, टेकमाइन्डस, वल्र्डलिङ्क, वेभनेट लगाएतका इन्टरनेट सेवा प्रदायक कम्पनी रहेका छन् । ति कम्पनीले पनि वाणगंगा नगरमा व्यवसायिक तथा व्यक्तिगत ग्राहकहरुलाई इन्टरनेट सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६ बिहिबार ००:००  ९ : ०४ बजे