२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

सन्दिप १ करोड ४६ लाखमा ‘द हन्ड्रेड’ खेल्ने



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अहिले सम्मकै उच्च पारिश्रामिकमा ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता पनि खेल्ने भएका छन् ।

बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा उनलाई बर्मिङ्घमले उच्च मूल्यमा अनुबन्ध गरेको हो । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने यस प्रतियोगिताका लागि सन्दीपलाई १ लाख पाउण्ड अर्थात् १ करोड ४६ लाख नेपाली रुपैयाँ पाउने छन् ।

सन्दीप बुधबार मात्र टी १० लिगका लागि कर्नाटका टसकसमा अनुबन्ध भएका थिए । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म आयोजना हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६ बिहिबार ००:००  ८ : २७ बजे