२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

अपाङ्ग महासंघको बैठकले लुम्बिनी सन्देश जारी गर्ने



मायादेवी अनलाइन, वाणगंगा ।
राष्ट्रिय अपांग महासंघको तेश्रो विस्तारित वैठकमा बुधबार अपाङगताका राष्ट्रिय सवालमा छलफल भएको छ । मंगलबार देखि सुरु भएको वैठकमा महासंघका केन्द्रिय पदाधिकारी र सातै प्रदेशका अध्यक्षहरुको सहभागिता छ । बाणगंगा ४ ठाकुरापुरमा जारी वैठकले बिहिबार लुम्बिनी सन्देश जारी गर्दै सकिने अध्यक्ष मित्रलाल शर्माले बताउनु भयो । वैठकमा अपाङगत भएका व्यक्तिको राजनैतिक नेतृत्व र सहभागिताको सवालमा मुख्य रुपमा छलफल भइरहेको छ । यसैका लागि भन्दै मंगलबार विहान यस क्षेत्रका नीजित, सरकारी तथा सामाजिक संघसंस्थाका व्यक्तिहरुसंग परिचय र छलफल गरेको थियो । सो कार्यक्रममा सबैले अपाङगताका मुद्धामा सबैले चासो दिनुपर्ने बताएका थिए । महासंघले वैठक मार्फत् मुलुकका तिनवटै तहका सरकारसंग, नीति, कानुन र कार्यक्रमहरुमा अपाङ्गता भएका ब्यक्तिको सवालको समावेशीकरण, कार्यान्वयनको तह आदिका विषयमा ठोस निर्णय लिने अध्यक्ष शर्माले बताउनु भयो ।
संघीय संसदमा अपाङ्गता भएका व्यक्तिको संख्या कम भएका कारण आफूहरुका आवाज कमजोर भएको भन्दै लुम्बिनी सन्देशले दरो खबरदारी गर्ने महासंघका महासचिव राजु बस्नेतले बताउनु भयो । साथै वैठकसंगै लैङ्गिकता सम्बन्धि तालिम पनि भइरहेको छ । तालिमा लिङगका आधारमा भइरहेको विभेद र यसको निमूलीकरणसम्बिन्धि विषय विज्ञता हासिल गर्नुभएका व्यक्तिले सहजीकरण गरिरहनु भएको छ । तालिममा महिला २३ पुरुष ४० गरी ६३ जनाको सहभागिता छ । वैठक बिहिबार सकिने छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  ७ : १९ बजे