२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

कालिका सामुदायिक वनको १७ औं वार्षिक साधारण सभा



बाबुराम रायमाझी, जितपुर ।
रुख रोपौं, वन जोगाऔं भन्ने नाराकासाथ बाणगंगा ९ मा अवस्थित कालिका सामुदायिक वन बक्सिसपुर टोलको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समूहका सचिव रेखा खत्रीले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिका सदस्य नेत्र खनालले आर्थिक वर्ष २०७५÷०७६को कुल ३ लाख ४८ हजार बराबरको आय—व्यय सार्वजनकीकरण गर्नु भएको थियो ।
साथै समूहका उपाध्यक्ष यदुनाथ शर्माले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि कालिका सामुदायिक वनको निति तथा कार्यक्रम प्रस्तुत गर्दै १३ लाख ५० हजार बराबरको अनुमानित आय—व्यय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा समितिले समूह उपभोक्ता मध्येबाट सामुदायिक बिधालयमा अध्ययनरत विपन्न र जेहेन्दार बिधार्थी निखिल पौडेल र सन्दिप खनाललाई पाठ्य सामाग्री प्रदान गरेको थियो । साथै समितिले कालिका सामुदायिक वनका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष दुर्गा प्रसाद खनाललाई प्रमुख अतिथी, विशिष्ट अतिथीबाट मायाको चिनो करुवा प्रदान गर्दै खादा ओढाएर सम्मानित गरीएको थियो ।
कार्यक्रममा अमृते सामुदायिक वनका अध्यक्ष गोपाल गिरी, नमूना सामुदायिक वनका अध्यक्ष हुमलाल पौडेल, साहारा सामुदायिक वनका अध्यक्ष कमल वेल्वासे, कालिका सामुदायिक वनका अध्यक्ष दुर्गा प्रसाद खनाल, संचारकर्मी बाबुराम रायमाझी, सामुदायिक वन उपभोक्ता समिति वाणगंगा नगरका नगर सदस्य दुर्गा प्रसाद पौडेलले आ—आफ्नो धारणा राख्दै साधारण सभाको सफलताको शुभ कामना दिएका थिए ।
त्यस्तै सब डिभिजन वन कार्यालय गोरुसिंगेका बन अधिकृत तथा कार्यक्रमका विशिष्ट अतिथि रामचन्द्र श्रेष्ठले वक्सिसपुर वस्ति जोखिमपूर्ण भएको हुँदा नदीको संरक्षणको लागि १ घर १ बाँसको निति अबलम्ब गरी बाँस लगाउनु पर्ने भन्दै वैज्ञानिक वनको अवधारणाको वारेमा वोलेका थिए ।
वडा न.९ वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी धुर्व वेल्वासेले वन रहे हामी रहने हुँदा बनको दिगो बिकासको लागि वनको संरुक्षण सम्वद्र्धन गर्दै लैजानु पर्ने र सामुदायिक वनले सामुदायिक बिकासको क्षेत्रमा कार्य गर्दा वडाबाट समन्वय गरी कार्य गरेमा वडाले पनि सहकार्य गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम समूह अध्यक्ष मित्रलाल पौडेलको अध्यक्षता तथा वडा न .९ वडाध्यक्ष धुर्व वेल्वासेको प्रमुख आतिथ्यता समूहका उपाध्यक्ष यदुनाथ शर्माको स्वागत र सचिव रेखा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । यस सामुदायिक वनमा ८३ वन उपभोक्ता रहेको र सामुदायिक वन ४० दशमलव १ हेक्टर क्षेत्रफलमा रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  ७ : १२ बजे