१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कर बुझाउन आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा करदाताको भिड



मायादेवी अनलाइन, कृष्णनगर ।
आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा करदाताको ठूलै भिड लाग्ने गरेको छ । गत आर्थिक बर्षको कर विवरण बुझाउने, कर दाखिला गर्ने अन्तिम मिति असोज मसान्तसम्म भएको हुँदा राजश्व कार्यालयमा करदाताको भिड लाग्ने गरेको हो ।
साथै हरेकले यो समयमा कर चुक्ता प्रमाणपत्र माग गर्ने भएकोले साउन देखि नै राजश्व कार्यालयमा भिड लाग्ने गरेको आन्तरिक राजश्व कार्यालय कृष्णनगरका कार्यालय पूर्ण प्रसाद न्यौपानेले जानकारी दिनु भयो । न्यौपानेका अनुसार दशैं विदा सकिए पछि कार्यालयमा चाप बढेको छ ।
कार्यालयले कपिलवस्तुसंग अर्घाखाँची पनि हेर्नुपर्ने भएकाले करदातालाई धेरै सास्ती हुने गरेको छ । कर्मचारी कम हुनु, करदाता बढी हुँदा सेवा प्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । यद्यपि करदातालाई छिटो र छरितो काम गर्दिनका लागि विभिन्न उपाय अपनाएको कर्मचारीहरु बताउँछन् ।
अहिलेको सरकारले चारैतिर कर बृद्धि गरेको छ । करमा बृद्धि गरेपनि सरकारले राजश्व बुज्ने कार्यालयलाई चुस्त दुरुस्त गर्न सकेको छैन् । कर बुझाउन पनि सास्ती पाउने गरेपछि नागरिकहरु बेला बेला आक्रोस पोख्ने गर्छन् । आफुले चाहेको बेला कर बुझाउन पनि झन्झट व्यहोर्नु परेको भन्दै करदाताले गुनासो गर्ने गरेका हुन् । विशेष गरी करदाताले आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था विभागमा कर बुझाउन समस्यामा पर्छन् ।

Image may contain: 1 person, standingImage may contain: 10 people, people standingImage may contain: 9 people, people standing

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  ५ : ३२ बजे