१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

सिनर्जीको साधारण सभामा उच्च प्रविधि, सांसद पन्थीले गरे रिमोट थिचेर उद्घाटन



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश सभा सदस्य विष्णु पन्थीले सहकारीहरुले उत्पादनमा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । सिनर्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगाको १२ औँ बार्षिक साधारण सभालाई मंगलबार  सम्बोधन गर्दै उहाले सो कुरा बताउनु भएको हो । रिमोटबाट सभाको उद्घाटन गर्नुभएका पन्थीले सहकारीका सदस्यहरुलाई आर्थिक रुपमा सवृद्ध बनाउन सहकारीको पुजीलाई उत्पादनमा लगाउन आग्रह गर्नुभयो । सांसद पन्थीले जनतालाई सुखी र धनी बनाउन ग्रामिण स्तरमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने हुँदा सोही अनुसार गतिविधि गर्न सुझाउनु भयो । सिनर्जी सहकारीलाई अब प्रदेशकै नमुना बनाउन सक्ने गरी पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नुपर्ने उहाको भनाई छ ।
विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, सहकारीका प्रदेश सदस्य तेज प्रसाद आचार्य, नगर सहकारी अधिकृत मदन घिमिरे, वडा नम्बर ९ का वडाध्यक्ष ध्रुव बेलबासे,निवर्तमान अध्यक्ष अर्जुन प्रसाद खरेल लगायतले बोल्दै सहकारीलाई ब्यवस्थित हुन आग्रह गर्नुभएको थियो ।आइटी प्रमुख राम सुभागे थारुले विश्वमा प्रविधिको उच्चतम प्रयोग भइरहेकाले साधारण सभामा रिमोट थिचेर उद्घाटन कार्यक्रम राखिएको  बताउनुभयो ।

यस्तै सहकारीले पूर्ण तथा ब्यवसायिक साकोस विकास कार्यक्रममा सहभागी भई प्रोबेसन ब्राण्डको मान्यता प्राप्त गरेको छ । साकोस सहकारीले छोटो समयमा एसियाली  ऋण  महासंघ र नेपाल बचत तथा क्रण केन्द्रिय सहकारीको महत्वपूर्ण कार्यक्रममा सहभागी ८६ वटा सूचक प्राप्त गरेको छ । यसैको आधारमा साकोसले प्रोबेसन ब्राण्ड पाएको अध्यक्ष लक्ष्मण बेलबासेले बार्षिक प्रतिवेदनमार्फत जानकारी दिनुभयो । आर्थिक बर्ष २०७५ ७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष चिरिञ्जिवी पन्थले ५ करोड २३ लाख १५ हजार ५ सय शेयर पुँजी रहेको जानकारी दिनुभयो ।

संस्थाले हालसम्म ३१ करोड ४४ लाख २९ हजार ८ सय ७७ लगानी गरेको जनाइएको छ । संस्थामा हाल ३६ सय बढी सदस्य रहेका छन् । साधारण सभामा सदस्यहरुलाई गत बर्ष १५ प्रतिशत बोनस वितरण गरेको सहकारीले जनाएको छ । यस्तै बालबचत कर्ता, असल ऋणी, असल उद्यमीलगायतलाई पनि सम्मान गरिएको छ । सहकारीले उद्योग र कृषिमा लगानी गरेको छ ।

Image may contain: 5 people, including Laxman Belbase, people standing

प्रकाशित मिति : २८ आश्विन २०७६ मंगलबार ००:००  ९ : २२ बजे