बाबुराम रायमाझी, जितपुर ।
‘माटो र आमाको स्वास्थ्य सुधार अभियान, शुद्ध भोजन दिर्घ जीवन’ भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका वडा नं. ७ को वडा कार्यालय मोतिपुरको आयोजनामा अर्गानिक खेती तालीम, भान्सा नै औषधालय सम्वन्धी २ दिने तालिम वाणगंगा नगरपालिका वडा नं. ७ को वडा कार्यालयको सभाहलमा शुरु भएको छ ।
सो तालिममा वडाले गरेका कार्य प्रगतीको बारेमा तालिमको उद्धेश्य माथि वडाध्यक्ष बिष्णु गिरीले प्रकाश पारेका थिए । उद्घाटन शत्रमा वाणगंगा नगरका प्रमुख कार्यक्रमका प्रमुख अतिथि मंगल प्रसाद थारुले भान्सा नै औषधालय कार्यक्रमलाई वडा नं. ७ ले वजेट विनियोजन गरी नगरमै पहिलो कार्यक्रमको शुरुवात गरेकोमा धन्यवाद दिँदै नगरमा यस्तै थुप्रै रचानात्मक कार्य गरेकोमा प्रशंसा गरेका थिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट आतिथी तथा वाणगंगा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरको पहिलो प्राथमिकता नगर सरसफाई र हरियालाीलाई ध्यान दिनुपर्ने भन्दै आफू यस नगरलाई सुन्दर र हरियाली बनाउने उद्धेश्यले नगरको स्वागत कार्यक्रममै आफूले नगर कार्यालयको परिसरमा बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरको कामको बारेमा चर्चा गर्दै यस नगरलाई मासिक रुपमा १ र १५ गतेका दिनलाई नियमितरुपमा सरसफाई गर्नु पर्ने कुरामा बोलेका थिए ।
कार्यक्रममा वाणगंगा नगरका राजश्व शाखा प्रमुख सान्तराज आचार्य, लेखा अधिकृत रामचन्द्र मरासिनी, कृषि शाखा प्रमुख लेष बहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माटो र आमाका स्वास्थ्य सुधार अभियानता उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष रोमलाल गिरीले प्रशिक्षण दिनु भएको छ । प्रशिक्षण कार्यक्रममा अर्गानिक बाणगंगा शहर र वायुमा शुन्य जहर, स्वच्छ हराभरा, सुन्दर र सभ्य शहर, सभ्य गाउँ सहरमा सुन्दर फोहोर जस्ता विषयमा गिरीले प्रशिक्षण दिएका छन् । तालिममा ८ वटा टोल बिकास संथाका पदाधिकारी, जनप्रतिनिधी, संघ÷संस्थाका प्रतिनिधी, स्वास्थ्य संस्थाका कर्मचारी, स्वयमसेवीकाहरु गरी २ सय २५ जनाको सहभागिता रहेको छ ।
२८ आश्विन २०७६ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया