९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सन्दर्भः विश्व हात धुने दिवस



पृष्ठभूमिः

आज अक्टुवर १५ विश्व हात धुने दिवसका  Clean Hands  For All  भन्ने नाराका साथ विश्वभर विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरु सहित मनाईदैछ । यो दिवसकोमूल ध्ये हात राम्ररी धुँदाका फाईदाहरुको जानकारीमा जानकारी गराई आम नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु हो । यसै सन्दर्भको एउटा व्यवहारिक पक्ष यहाँ जोडन उपयुक्त होला । म तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा नगर सरसफाई र हरियाली प्रवर्धन सम्बन्धि पाक्षिक कार्यक्रममा “हात धुने बानी बसालौ” भन्ने बोलको गीत बजाउँदै नगर सरसफाई कार्यक्रम संचालन गरिरहँदा आफूलाई समाजका अब्बल ठान्ने व्यक्तिहरुले “संसार कहाँ पुगिसक्यो तपाईहरु हात धुनुपर्दछ भन्ने गीत बजाउँदै हुनुहुन्छ” भन्दा मलाई साच्चै हो कि क्याहो ।

अब त तिलोत्तमा नगरपालिकामा यो गीतको सान्दर्भिकता छैन क्या हो भन्ने सोचेको थिए । तर आज विश्व हात धुने दिवस 2019 अक्टोवर १५ को पूर्व सन्ध्यामा यस बारे चिन्तन गर्दा नेपालमा आम नागरिकहरुमा यो विषयलाई अझै घनिभूत तवरले सम्प्रेषण गर्नु पर्ने देखिन्छ । विकासको गति जति धिमा हुन्छ त्यति नै मात्रामा मानिसहरुमा वेवास्ता, लापर्वाही र आलस्यता देखाउने बानी देखिदोरहेछ जुन हामीकहाँ पनि विद्यमान छ । हाल धुलाईमा गरिने वेवास्ताले हामी  धेरै प्रकारका रोगका सिकार भएका छौ ।  सुन्दा र हेर्दा सामान्य लाग्ने हात धुने बानीलाई प्रभावकारी रुपमा व्यवहारमा लागू गर्नु पर्दछ । सचेतना फैलाउनको लागि कन्जुस्याई नगरी प्रवर्धनात्मक क्रियाकलापहरुलाई बढावा दिनु आवश्यक छ ।

व्यवहारिक पक्ष

सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र व्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिन्छ । नेपाल लगायत विश्वमा राम्रोसँग हात नधुनाले धेरै पटक महामारी फैलिएको  घटना हाम्रो लागि नौलो  छैन । आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कदम हो । सफा हातले रोगव्याध लगायत अन्य संक्रमण र किटाणुहरुबाट समेत हामीलाई बचाउँछ विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यू भोगीसकेको  तथ्याँकले देखाउँछ ।  अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ९० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । जुन रोग हात राम्री नधोएका कारणबाट लाग्ने गर्दछ । खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । बच्चाहरुले राम्री हात नधुनाले धेरै प्रकारका रोगहरुबाट संक्रमण भएको पाइन्छ । अहिले बालक र  वृद्व निकै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् ।  सहज तवरले हात धुने प्रवन्ध सरसफाईसँग सम्बन्धित धेरै कुराहरु सँगसँगै मिल्न जान्छन । जसले मानिसलाई सुन्दर र सफा राख्न मद्दत गरेको हुन्छ ।

विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थ्पनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएको हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ मन्त्रालय अनि अन्य बिभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागीतामा यस दिवस भव्यताकासाथ मनाउने गरेका छन् ।

हात धुनु पर्ने अवस्था 

शौचालय गएपछि, बच्चाको न्यापकिंन रथाङ्गना चलाएपछि, कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि, पकाउँनु अघि,  खानेकुरा छोएपछि, बिरामीहरुलाई भेट्न अघि र भेटेपछि,  धुम्रपान गरेपछि,  फोहोर छोएपछि, बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि लगायतका विभिन्न अवस्थामा हात धुनु पर्दछ । हात धुने संस्कारलाई राम्रो सँग मनन गर्न सकेमा यसले मानिसको स्वास्थ्यमा निकै सुधार ल्याउन सकिन्छ ।

उदाहरणको लागि सर्वसाधारण नागरिकले प्रयोग गर्ने होटल व्यवसायीहरुले यो विषयलाई प्रमुख रुपम मनन गर्नु पर्ने हुन्छ । काठमाण्डौ, पोखरा, बुटवल, नेपालगंज लगायत घनावस्ति भएका शहरहरुमा रहेका होटेलहरुको सरसफाई निकै कमजोर रहेको छ । कमजोर सरसफाई रहेका स्थानमा संचालनमा रहेका होटलहरुले यो संस्कारलाई मात्र मनन गर्न सकेमा हाइजेनिक खानाको प्रवर्धन गर्न सकिन्छ । हामी सार्वजनिक सवारी साधनमा झुण्डिएर यात्रा गर्दा, आफैले ड्राइभिङ्ग गर्दा, यात्रामा रहँदा, रुपैयाँ पैसालाई चलन चल्तिमा ल्याउँदा लगायत गाई  बस्तुको स्हार सुधार गर्दा लगायतका विभिन्न प्रकृतिका कामहरु सम्पादन गर्नुपर्दछ ।

हात कसरी धुने 

हात धुने सम्बन्धमा विभिन्न साहित्यहरुमा देहाय बमोजिमका तरिकाहरु औल्याईएको पाइन्छ । सर्वप्रथम सफा पानीले हात भिजाउने। हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने । दुबै हत्केलालाई एकआपसमा दलेर औलाले कापसम्म साबुन पूर्याउने ्र यसरी धुँदा हातको पछाडी, नगंका मुनी,  औंलाका काप र नारी सम्म मिच्ने ्र  यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् । धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ । सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ । औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन । सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । किटाणुहरु सबैतिर छन र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यि किटाणुहरुले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरुबाट जोगिनु नै बुद्धिमता होला ।

निष्कर्ष 

स्थानीत तहहरुले आफू मातहतका संघ सस्थाहरुलाई परिचालन गरी यस सम्बन्धि जनजेचतना फैलाउने काम गर्नुपर्दछ । नेपालको संविधानको अनुसूची -८ मा आधारभूत स्वास्थ्य र सरसफाईको अधिकार समेत प्रत्यायोजन गरेको छ भने  संविधाको धारा घण् ले स्वच्छ वातावरणको हकको सूनिश्चितत गरेको छ । यसका अतिरिक्त नेपाल सरकारले खानेपानी तथा सरसफाईसम्बन्धि नीतिगत, कानून, नियमावली र कार्यविधिकगत व्यवस्था  पनि गरेको छ । यि सबै विषयहरुलाई मनन गर्दै आजको यो विश्व हात धुने दिवसलाई समेत विभिन्न प्रवर्धानात्मक क्रियाकलाप मार्फत मनाउँदा यसले सकारात्मक सन्देश प्रवाह गर्दछ ।

कृष्णप्रसाद सापकोटा

उपसचिव, नेपाल सरकार

प्रकाशित मिति : २८ आश्विन २०७६ मंगलबार ००:००  ९ : ५२ बजे