मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्णप्रसाद सापकोटा आउनुभएको छ । तुल्सीराम मरासिनीको सरुवा भएसंगै सापकोटा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएको छ । उहाँले सोमबार देखि काम थाल्नुभएको छ ।
सोमबार नगरपालिकाको प्राङ्गण गजेहडामा एक कार्यक्रमको आयोजना गरि सापकोटालाई स्वागत गरिएको थियो । उहाँ यसभन्दा पहिले तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
मुलुककै उत्कृष्ट मध्ये पर्ने तिलोत्तमा नगरपालिका अहिले हरेक व्यक्तिको मनमनमा छ । तिलोत्तमाले आफ्नो क्षेत्रको विकासमा छलाङ जस्तै मारेको छ । भौतिक र सामाजिक विकासमा तिलोत्तमा देशकै उत्कृष्ट स्थानीय तह हो ।
त्यही तिलोत्तमा नगरपालिकामा रहेर काम गर्नुभएका सापकोट वाणगंगा आएपछि जनप्रतिनिधि र नगरबासीमा केही आशा पलाएको छ । कर्मचारी सरुवालाई सामान्य प्रक्रिया मानिन्छ यद्यपि स्थानीय तहको विकासमा जनप्रतिनिधिको साथसाथमा कर्मचारीको हात पनि महत्वपूर्ण हुने गर्दछ । कर्मचारीलाई नेपालमा स्थायी सरकारको रुपमा पनि हेर्ने चलन छ ।
२७ आश्विन २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया