बनेपा ।
यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई ५र५ लाख रुपैयाँ दिने आइतबार सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत ५ ५ लाख रुपैयाँ उपलब्ध गराउने, किरिया खर्चबापत पचासरपचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए ।
२६ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया