कपिलवस्तु ।
नेपाली काङ्ग्रेसले केन्द्रिय कार्यालय सहित ७७ वटै जिल्ला पार्टी कार्यालयमा शुभ विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्मवतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुमा पनि नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको पार्टी कार्यालय तौलिहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं सांसद अतहर कमाल, सांसद अभिषेख प्रताप शाह, प्रदेश सांसद सहषराम यादव, रिना नेपाल, लगायतले शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा नेकपाका बाबुराम खनाल, राजपाका अध्यक्ष मधुसुधनशरण चौधरी, डा. कालिपद शर्मा, समाजवादी पार्टीका केन्द्रिय रामनिवास यादव, कागे्रस पुर्व सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, वाणगगा नगरपालिकाका प्रमुख, मंगल प्रसाद थारु, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, महाराजगज नगरपालिकाका प्रमुख अब्दुल कलाम, बुद्धभूमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, यशोधरा गाउंपाकिाका अध्यक्ष गिरिजेश कुमार पाण्डेय, मायादेवी गाउंपालिकाका अध्यक्ष वजरगी चौधरी लगायतले शुभकामना दिएका थिए ।
नेपाली कागे्रसंले प्रत्यक वर्ष शुभ विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्मवतको अवसरमा शुभकामना आदान प्रदान गर्दै आएको जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए । कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, जिल्ला स्थित सरकारी तथा र्गैरसरकारी कार्यायका प्रमुख, नेपाली काङ्ग्रेस पार्टी नेता तथा कार्यतर्का तथा भातृ संस्थाहरुको उपस्थित रहेको थियो ।
२६ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया