२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

बैरियामा सरायें नाच, जितपुरमा पूर्णीमा कन्सर्ट



मायादेवी अनलाइन, वाणगंगा । 

दशैको भोली पल्ट एकादशी तिथि देखि सुरु भएको सरायें जात्राको रौनक अझै पनि जारी छ । विशेष गरी ५ नं. प्रदेशका अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा नाचिने सरायें नाच पछिल्लो समय तराईका जिल्लामा पनि नाच्न थालिएको छ । तराईका कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानमा सरायें नाचको रौनकता बढीरहेको छ ।

बसाईको सराईको प्रभावले तराईमा पनि सरायें नाचको संस्कृती हस्तान्तरण भएको संस्कृतीका जानकारहरु बताउँछन ।

यसैबीच विजयादशमीको अन्तिम दिन तथा कोजाग्रत पूर्णीमाको दिन आज आइतबार बैरियामा पनि सरायें नाच नाचिने भएको छ । बैरियामा रहेको दुर्गा भगवतीको मन्दिरबाट सरायें जात्रा निकाल्ने तयारी भैरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सरायें नाचमा उपस्थित हुनका लागि सबैमा मन्दिर व्यवस्थापन समितीले आग्रह गरेको छ ।

यता आज वाणगंगाको मोतीपुरमा पनि सरायें नाच नाचिदै छ । यस्ता जिल्लाका विभिन्न स्थानमा पनि सरायें जात्रा निकाल्ने तयारी भैरहेको बताइएको छ ।

उता अर्घाखाँचीका जुकेना, रजिया, अर्घा लगायतका स्थानमा पनि आइतबार भव्य सरायें जात्रा निकालिने हाम्रा सहकर्मीले जनाएका छन ।

यस्तै आइतबार जिल्लाका अन्य स्थानमा पनि सरायें नाच निकालिने जनाइएको छ । आइतबार नै विगतका बर्षहरुमा जस्तै बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीले पनि बुद्ध रंगशालामा पूर्णीमा कन्सर्ट गर्दै छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  ६ : ३४ बजे