काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको हितविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ । शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रिभोजअघि दुई पक्षीय सम्बोधनका क्रममा होटल सोल्टीमा राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।राष्ट्रपति भण्डारीले ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध छ’,‘नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधि हुन नदिन सबै उपाय अपनाउँदै आएको बताउनु भयो ।
राष्ट्रपति भण्डारीले नेपाल र चीन हिमाल र नदीबाट जोडिएको उल्लेख गर्दै सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘नेपाल र चीन हिमाल र नदीबाट जोडिएका छन्’, उनले भनिन्, ‘हामीबीच सदियौँदेखि सामाजिक र संस्कृतिक सम्बन्ध रहि आएको छ।’
उहाँले चिनियाँ भिक्षु र नेपाली कलाकारले दुई देशको सम्बन्धलाई अझ समृद्ध बनाएको उल्लेख गर्नुभयो । चीन र नेपालको सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च छ’, राष्ट्रपति भण्डारीले भनिन्। उनले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतिक बनाउने नेपालको चाहना पूरा गर्ने पहल गरिदिन चिनियाँ राष्ट्रपति सीसमक्ष आग्रहगर्नुभयो ।
‘नेपालको लुम्बिनी बुद्धको जन्मस्थलमात्र नभए बौद्धधर्मावलम्बीको उद्गमस्थलसमेत हो’, उनले भनिन्, ‘बुद्धभूमिलाई विश्वशान्तिको प्रतिक बनाउने हाम्रो पहलमा चीनको सहयोग रहने अपेक्षा गरेका छौँ।’
राष्ट्रपति भण्डारीले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग हेर्ने नेपालीको चाहना रहेको भन्दै यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
‘सँगै राष्ट्रपति भण्डारीले चिनियाँ लगानीकर्तालाई उत्पादन र जलस्रोतका क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण पर्वतीय पर्यावरण संवेदनशील बनेको विषयसमेत उठाउनु भएको छ ।
प्रतिक्रिया