८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

धानबालिमा फौजि किराको प्रकोप



नेपालगन्ज ।
बाँकेका किसानहरुले लगाएको धानबालिमा फौजि किराको प्रकोप बढेको छ । पसाएको र पसाउन लागेको धानबालिमा फौजि किराको प्रकोप तिव्र गतिमा बढेपछि किसान चिन्तामा परेका छन ।
बाँकेमा ३ सय हेक्टर क्षेत्रफलमा सबै धन्दा बढि फौजि किराले क्षति पुगाएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । ज्ञान केन्द्रका अनुसार ८ हेक्टर क्षेत्रफल सम्म फौजि किरा फैलिसकेको र क्षति पु¥याइरहेको छ ।
बाँकेको राप्ती सोनारी गाउँ पालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ मा डुडुवा गाउँपालिकाको ४, ५ र ६ नम्बर वडामा र नेपालगन्ज उप महानगरपालिकाको १९ नम्बर वडामा फौजि किराले धान काटेर नोक्सानि पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।
बाँके सगै बर्दियाका केहि स्थानमा पनि फौजि किराले धानमा नोक्सानि गरेको खबर आएकाले तत्कालका लागी किरा नियन्त्रण गर्न तर्फ ज्ञान केन्द्र लागेको ज्ञान केन्द्रका प्रमुख ढकालले बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  ७ : ३९ बजे