१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

सीको स्वागत र विदाइमा माइतीघरदेखि बानेश्वरसम्म निजामती कर्मचारी उभिने



काठमाण्डौँ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र विदाइका बेला काठमाडौंस्थित सरकारी कार्यालयका निजामती कर्मचारीलाई पनि सडकमा राखिने भएको छ। दिने राजकीय भ्रमणका क्रममा सम्मानस्वरुप सीको स्वागत र विदाइमा माइतीघरदेखि बानेश्वरसम्म कर्मचारी राख्न लागिएको हो।निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालका अनुसार राष्ट्रपति सीको स्वागतका लागि कर्मचारीलाई शनिबार अपरान्ह ३ बजे उपस्थित भइसक्न निर्देशन आएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार राष्ट्रपति सीको स्वागतका लागि कर्मचारी आउने भएकोले ठाउँ तय गरिएको छ।‘राष्ट्रपति सीको स्वागतका लागि कर्मचारी उपस्थित भइहाल्छन् नि१ कर्मचारी उपस्थित हुने भएकोले स्वागत र विदाइका लागि स्थान पनि तोकिएको होला,’ उनले सेतोपाटीसँग भने।  शनिबार भारतको चेन्नईबाट काठमाडौं ओर्लन लागेका सी आइतबार १ बजे स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  १ : ३२ बजे