कपिलवस्तु ।
कपिलवस्तुमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । जिल्लाको विजयनगर गाँउपालिका वडा नं ६ उजलपुर निवासी ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मी कोरीको पोखरीमा डुवेर ज्यान गएको हो ।
गाँउ नजिकै रहेको पोखरीमा कमलको फुल टिप्न गएको वेला लक्ष्मीको डुवेर ज्यान गएको स्थानिय जानकी प्रसाद यादवले जानकारी दिनुभयो । दुई जना साथी भएर कमल टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले उद्धार गरे पनि अर्कि बालिकाको भने मृत्यु भएको हो ।
२५ आश्विन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया