२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

उपत्यकाबाट शंकास्पद चारजना नियन्त्रणमा



काठमाडौँ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था अत्यन्त कडा पारेका बेला प्रहरीले शनिबार काठमाडौँ उपत्यकाबाट चारजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
महानगरिय प्रहरी परिषर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुलाई थापाथली, बिजुलीबजार र तीनकुनेबाट नियन्त्रणमा लिइएको हो ।
यसअघि शुक्रबारसम्म शंकास्पद २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै प्रहरीले राष्ट्रपति सी को सवारी हुँदा सडक किनारमा उभिन नदिने बताएको छ । सी शनिबार बेलुका ५ बजे त्रिभूवन विमानस्थलमा उत्रिँदै छन् र उनको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गर्ने तयारीमा प्रहरी छ ।
राष्ट्रपति सी को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीका साथै चिनियाँ सुरक्षाकर्मीलाई समेत परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  १ : ०९ बजे