२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

युरो छनोट २०२० को छनोट खेलमा इंग्ल्यान्ड पराजित



एजेन्सी ।
युरो छनोट २०२० को छनोटमा इंग्ल्यान्डले पहिलो हार बेहोरेको छ । इंग्ल्यान्ड घरेलु टोली चेक रिपब्लिकसँग २–१ ले स्तब्ध हुदै युरो छनोटमा १० वर्षपछि पहिलो हार भोगेको हो ।

इंग्ल्यान्ड १० वर्षपछि युरो छनोटमा पराजित हुन पुगेको हो । यससँगै इंग्ल्यान्डको छनोटमा ४३ खेलसम्मको अपराजित यात्रामा पुर्ण्विराम लागेको छ ।

इडेन एरिना प्राहामा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले सुरुवाती अग्रता लिएर पनि स्तब्ध बन्न पुगेको हो । बराबरीपछि पनि इंग्ल्यान्ड ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । चेक ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कोसोभो ८ अंकसहति तेस्रो, ३ अंक जोडेको मोन्टेनेग्रो चौथो तथा बुल्गेरिया ३ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  ६ : २३ बजे