मायादेवी अनलाइन, चन्द्रौटा ।
सदाको बर्षमा जस्तै यस बर्ष पनि दशैंको त्रयोदशीको अवसर पारेर चन्द्रौटामा सरायें नाच निकालिएको छ । सामाजिक सद्भाव र भाईचाराको सम्वन्ध स्थापित गर्नको चन्द्रौटामा विगत एक दशक यता देखि सरायें नाच निकालिदै आइएको छ ।
पहाडी क्षेत्रमा प्रख्यात यो नाच बसाईसराईको प्रभावले गर्दा कपिलवस्तुमा पनि नाचिन थालिएको हो । शुक्रबार वडा प्रहरी कार्यालय चन्द्रौटा नजिकै रहेको दुर्गा मन्दिरबाट सरायें खेल्दै दुर्गा पूजामा प्रयोग भएका फूलपातीलाई विधिवत रुपमा विर्सजन गरिएको छ ।
यो नाच हात हतियार, पञ्चेबाजा सहित खुकुरी, तरबार र खुडा नचाई एकापसमा जोडिएर ‘वाखै हो’ भन्दै नाच्ने गरिन्छ ।
दुर्गा मन्दिरबाट निकालिएको सरायें चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरमा पुगि त्यहाँबाट फूलपाती लिएर पुनः बजार परिक्रमा गर्दै जवाई नदीमा फूलपाती सेलाइएको थियो ।
२४ आश्विन २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया