१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

१८६ देशलाई उछिनेर नेपाल बन्यो ‘टप इम्प्रुभर’



काठमाडौं ।
नेपाल विकाससोन्मुख देशहरुमध्ये सबैभन्दा धेरै सुधार भैरहेको सूचीमा पहिलो बन्न सफल बनेको छ । प्रगतिका बिभिन्न सूचकहरुमा विश्वभरमा ‘बटम अप’ बाट मात्र नाम खोज्नुपर्ने अवस्था रहेकोमा हालै भएको एक सर्वेक्षणले भने नेपाललाई पहिलो बनाएको छ । विगतमा यस्ता सुचकहरुमा नेपाललाई तलबाट खोज्ने गरिन्थ्यो । तर, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नीति र अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यक्रमले यो सूचिको शिर्ष स्थानमा पर्न सफल भएको हो ।

यूरोमनिडटकमले हालै बिभिन्न १ सय ८६ देशहरुमा गरेको एक सर्वेक्षणका अनुसार सन् २०१९ मा नेपाल लगानीकर्ताहरुको आकर्षणको देश बनेको देखिएको छ । बिरलै आउने यस्ता समाचार समग्र नेपाली अर्थतन्त्रका लागि भने निक्कै खुशीको खबर हो । सर्वेक्षण भएका विकासोन्मुख देशहरुमध्ये नेपाल ‘टप इम्प्रुभर’ हो ।

नेपालले बैश्विक जोखिमको सूचीमा सन् २०१८ मा भन्दा पाँच अंकले सूधार गर्दै १४ स्थान फड्किएर माथि आएको हो । गत पाँच वर्षको अवधिमा नेपालले २४ स्थान उक्लिसकेको छ जुन सुधारलाई सर्वेक्षणले उल्लेखनिय सुधार भनेको छ ।

यसैगरी सुधार भएका देशहरुमा मालदिभ्स दोस्रो तथा इथियोपिया तेस्रो भएको छ । आफ्नो राजनीतिक, आर्थिक तथा संरचनागत जोखिमको सूचकको अध्ययनका आधारमा उत्कृष्ट देशभित्र परेका हुन् । सर्वेक्षणलाई राजनीतिक आर्थिक तथा संरचनागत जोखिमका बिभिन्न १५ वटा सूचकहरुका आधारमा अध्ययन गरिएको थियो। नेपालले ति सबै सूचकहरुमा सुधार गरेको छ ।

सन् २०१७ को चुनावपछि देशले राजनीतिक स्थिरता पाएको तथा सरकारमा स्थायित्व आएकोलाई सर्वेक्षणले सकारात्मक तथा सबैभन्दा बढी सुधारको पक्ष मानेको छ । नेपालको गत केही वर्षको तथ्यांकलाई हेर्दा वास्तविक जिडीपीमा उल्लेखनीय सुधार भएको छ ।

सन् २०१७–१८ मा ६.३ प्रतिशत तथा सन् २०१६–१७ मा ७.९ प्रतिशत बृद्धि भएको देखिएको छ । नेपालमा केही समय यता पूर्वाधार विकासमा ठूलो लगानीहरु भैरहेको छ । चीन र भारतले पनि नेपालमा प्रत्यक्ष बैदेशिक लगानी गरिरहेको तथा अझै लगानीको अवसर खोजिरहेको अध्ययनमा उल्लेख छ ।

यता पाँच वर्षको स्थिर सरकार बनेपछि विपक्षीहरुको तारो बनेको सरकारले पछिल्लो समय कामबाटै त्यसको जवाफ दिन थालेको छ । सरकारले खै के गर्यो भन्दै अफवाह फैलाउनेलाई सरकारले पछिल्लो पटक एक गतिलो जवाफ दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ८ : ०१ बजे