मायादेवी अनलाइन, वाणगंगा ।
दशै विदा पछि विहीबार सरकारी कार्यालय खुले पनि त्यति चहलपहल देखिएन । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भएता पनि सेवाग्राही भने न्यून रहे । यस्तै जिल्लाका १० स्थानीय तह पनि दिनभर खुले पनि सुनसान रहे ।
नेपाल सरकारले सरकारी कर्मचारीलाई दशैँ बिदा कटौती गरेर नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने उद्देश्यले कर्मचारीलाई विभिन्न कार्यालयमा खटाएता पनि सरकारी कार्यालयमा सेवाग्राही धेरै नआएका हुन ।
बडादशैँको बाह्रौँ दिन पनि सो कार्यालयमा कर्मचारी आएका छन् तर अरु दिनभन्दा हिजो सेवाग्राही धेरै कम आएका थिए ।
प्रतिक्रिया