काठमाडौँ ।
ओमानमा जारी टी–२० सिरिजमा नेपालले आज घरेलु टिम ओमानको सामना गर्दै छ । अपराहन्न सवा ३ बजे शुरु हुने खेलमा अपराजित ओमानसँग नेपालको कडा प्रतिष्पर्धा हुने दखिएको छ ।
ओमानले बुधबार सम्पन्न नेदरल्याण्डसविरुद्धको खेल पनि जितेर अपराजित रहेको छ । नेदरल्याण्डसलाई केवल ९४ रनमा अल आउट गर्दै ओमानले ३ विकेट गुमाएर सो लक्ष्य पुरा गर्दै लगातार तेस्रो जित हासिल गरेको थियो ।
ओमानको यो जितपछि ३ खेलमा तिनै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने आयरल्याण्ड ४ खेलमा ३ खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल भने ३ खेलमा २ जित र एक हारसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । त्यस्तै नेदरल्याण्डस र हङकङ भने आफ्ना ३–३ खेलमै हार बेहोरेका छन् ।
आजको खेलमा नेपालले घरेलु टिम ओमानलाई चुनौती दिने छ । नेपालको बलिङ यस सिरिजमा सन्तोषजनक देखिए पनि ब्याटिंगको पुरानो समस्या यस सिरिजमा पनि दोहोरिएको छ ।
ओमानका खवर अली र जीशन मक्सूदको धारिलो बलिङ नेपाली ब्याट्सम्यानले कसरी सामना गर्छन त्यो रोचक हुने छ ।
ब्याटिंगमा पूर्ण रुपमा कप्तान पारस खड्कामाथि भर परेको नेपाली टिम पारसले राम्रो नखेलेको दिन संघर्ष गरेको देखिए पनि नेदरल्याण्डसविरुद्ध करण केसीले ऐतिहासिक प्रदर्शन गरेर जिताएका थिए । तर ब्याट्सम्यानहरुले जिम्मेवारी लिएर नखेल्दा आयरल्याण्डविरुद्धको औसत लक्ष्य पनि भेटाउन नेपाल असफल भएको थियो ।
ओमानविरुद्ध नेपालले जित हासिल गरेमा तिन टिमको ६–६ अंक हुने छ भने ओमानको रनरेट राम्रो रहेकाले सिरिज भने ओमानले नै जित्ने देखिएको छ ।
२३ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया