१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

आज देखि सरकारी कार्यालय खुल्ने, बजारमा चहलपहल बढ्न थाल्यो



दीपा महत, वाणगंगा ।
दसैँ मनाउन गएकाहरु फर्कन थाले सँगै कपिलवस्तु सदरमुकाम तौलिहवा सहितका बजारहरुमा चहलपहल बढ्न थालेको छ । विहीबारदेखि सरकारी कार्यालय खुल्ने भएकाले सरदमुकाम तौलिहवामा पनि चहलपहल बढ्न थालेको हो ।
व्यापार, व्यवसायका लागि जिल्लाका विभिन्न बजारमा बस्दै आएका सर्वसाधारणहरु पनि दशैको टीका थापेर आउनेक्रम बढ्दो छ । नवमी देखि जिल्लाका विभिन्न बजार सुनसान जस्तै भएपनि बुधबार देखि भने केहि चहलपहल देखिन थालेको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा पनि सवारी साधनहरु गुड्न थालेका छन् । विशेष गरी बसाईसराई गरी तराई झरेकाहरु दशैको लागि टीका थाप्न पुख्यौली घर जाने गर्छन् ।
कोजाग्रत पूर्णीमा सम्म टीका लगाउने चलनभएको र पहाडी जिल्लामा सराए जात्रा लाग्ने भएको कारण पनि पूर्णीमा सम्म जिल्लाका पसलहरुमा त्यति चहलपहल भने देखिदैन ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ६ : १२ बजे