२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

१० पटक शून्य रनमा आउट भएर अकमलको विश्वकिर्तिमानी, तोडे अफ्रिदीको रेकर्ड



एजेन्सी।  क्रिकेट खेल्ने मूर्ख र हेर्ने महामुर्ख हुन् । क्रिकेट खेलमा हुने बिभिन्न घटनाहरुले कहिलेकाहीँ यो भनाई सत्य हो कि जस्तो पनि लाग्दछ । क्रिकेटमा यस्ता किर्तिमानी पनि बनिरहेका छन् कि जुन पत्यार लाग्दो हुँदैन । तर पत्याउनु पर्दछ । कतिखेर के हुन्छ क्रिकेटमा भन्न सकिन्न । क्रिकेटमा मानिसलाई मुर्ख गराउने खालको एउटा नयाँ  किर्तिमानी बनेको छ । कुनै किर्तिमानी त्यस्ता बन्छन् कि कुनै खेलाडीको उचाई ह्वात्ततै बढ्छ । अर्को तर्फ यस्ता किर्तिमानी पनि बन्छ जसले सो खेलाडीको भविष्य नै संकटमा पर्दछ । यस्तै करियरमा नै दाग लाग्ने किर्तिमानीको सिकार बनेका छन् पाकिस्तानी खेलाडी ।

पाकिस्तानका व्याट्सम्यान उमर अकमल टी–ट्वान्टी क्रिकेटमा १० पटक शून्य रनमा आउट भएर विश्वमै नयाँ खालको किर्तिमानी कायम गरेका हुन् । उनी यो किर्तिमानी गर्ने विश्वकै पहिलो व्याट्सम्यान पनि बनेका छन्।
सेप्टेम्बर ५ र ७ मा भएको श्रीलंकाविरुद्धको तीन खेलको टी–२० सिरिजमा अकमल लगातार दुई पटक शून्यमा आउट भएपछि उनले यो खराब रेकर्ड बनाएका हुन्।

यसअघि सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने रेकर्ड पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदिको नाममा रहेको थियो। अफ्रिदी ८ पटक शून्य रनमा आउट भएका थिए।मिस्बाह उल हक पाकिस्तानको मुख्य प्रशिक्षक बनेपछि अकमललाई पाकिस्तानको राष्ट्रिय टोलीमा बोलाएका थिए।
सामाजिक सञ्जालमा अकमलको मजाक उडाइएको छ। उनले खेलेका कुल ८३ टी–२० अन्तर्रा्ष्ट्रिय खेलमा उनी १० पटक कुनै पनि रन नजोडिकनै आउट भएका हुन्।

उमर अकमलको भन्दा पनि उनलाई टिममा बोलाउने प्रशिक्षक मिस्बाहको बढी आलोचना भइरहेको छ। उनले घरेलु क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्न नसकेको र फिल्डिङ पनि खराब रहेको भन्दै उनलाई टीममा बोलाउने निर्णयको आलोचना गरिएको हो।

प्रकाशित मिति : २२ आश्विन २०७६ बुधबार ००:००  ७ : २१ बजे