मायादेवी अनलाइन, वाणगंगा ।
चाडपर्वको बेला चोरी डकैँती हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन प्रहरीले जिल्लाबासीमा अनुरोध गरेको छ । दसैँ मान्न सबै अन्यत्र जाने भएकाले घरमा कोही नभएको मौका छोपी चोरी हुन सक्ने भन्दै घर सुनसान पारेर कहीँ कतैँ नहिँड्न अनुरोध गरिएको हो ।
देशभर दशैँको बेला बिभिन्न आपराधिक र चोरी डकैँतीका घटनाहरु घटिरहेकाले त्यसबाट जोगिन पूर्व सावधानी अपनाउन आवश्यक भएको इलाका प्रहरी कार्यालयका पिपराका प्रहरी निरिक्षक आयुश कुमार जोशीले रेडियो मायादेवीलाई जानकारी दिनु भयो ।
उहाँले खाली रहेको घरमा राति चोरले ताला फोरेर चोरी गर्न सक्ने भएकाले बिशेष सावधानी अपनाउन आग्रह गर्नु भयो । रातको समयमा त्यस्ता कार्य हुनासाथ नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा एक सयमा फोन गरी घटनाबारे जानकारी दिन पनि अनुरोध गरिएको छ ।
प्रहरीले दसैँ लक्षित सुरक्षा योजना बनाएर चोरी, लुटपाटविरुद्ध लागेको छ । दसैँमा घरहरु खोली हुने हुँदा चोरले मौकाको फाइदा उठाउने गर्दछन् ।
२१ आश्विन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया