२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हरायो



काठमाडौं ।
पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको छ।

नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो । ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओ’दाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाए ।

नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१रन बनाएपछि नेपाल विजयी भएको हो ।

अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलो बलमा छक्का, तेस्रोमा चौका तथा पाँचौँ बलमा फेरि छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो । पाँचौँ बलमा १ रन लिँदै केसीले नेपाललाई प्रतियोगिताको दोस्रो जित दिलाएका हु्न् ।

प्रकाशित मिति : २० आश्विन २०७६ सोमबार ००:००  ३ : ०२ बजे