८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाल्पाको रिब्दीकोट गोलभेंडाको पकेट क्षेत्र



पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँ पालिका वडा न सात मैनादी गोलभेडाको पकेट क्षेत्रको रुपमा चिनाउदै लगेको छ । यो गाउँबाट यो वर्ष मात्रै एक करोड बढी गोलभेडा निकासी हुने अनुमान किसानहरुले गरेका छन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका भित्रको मैनादी गाउँका किसानहरु यती बेला गोलभेडा बेच्नमै ब्यस्त बनेका छन । किसानको मेहनतलाई उच्च मुल्याङकन गरेर रिब्दीकोट गाउँपालिकाले गोलभेडा उत्पादन गर्ने किसानलाई नगद अनुदान समेत प्रदान गरेको छ ।
रिब्दीकोट गाउँपालिकाले मैनादीका ४९ जना किसानलाई उत्पादनका आधारमा २ लाख २३ हजार चार सय चार रुपैयाँ अनुदान वितरण गरको छ । यो वर्षको साउन र भदौ महिनामा उत्पादित गोलभेडाको उत्पादनका आधारमा मैनादी कृषि सहकारी संस्थामा आवद्ध ४९ किसानले दुई महिनामा उत्पादित १ लाख ३२ हजार किलोग्राम गोलभेडामा अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताए ।
सरकारी अनुदानसंगै मैनादी भित्रका ६० घरधुरीका किसान गोलभेडा खेतीतर्फ आर्कषण देखिएका हुन् । कम लगानी सजिलो र सरल तरिकाबाट सांझ बिहानको मेहनतले मात्र गोलभेडा खेती गर्न सकिने भएकोले यो खेतीमा किसान बढी आर्क्षित देखिएका हुन ।
गाउँपालिकाले अब निम्न वर्गीय परिवारलाई सम्वोधन हुने गरी पाँच सय किलो भन्दा कम उत्पादन गर्ने किसानलाई पनि अनुदान व्यवस्था गर्न आवश्यक देखिएको छ । गोलभेडासँग सुन्तला र मासुमा पनि अनुदानको कार्यक्रम ल्याउने गाउँपालिकाको सोच रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषिराम अर्याल बताउंछन् ।
यस्तो खालको अनुदानले गरीब तथा बेरोजगार यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउने र कृषि क्षेत्रमा रहेका किसानलाई व्यवसायिक बनाउन सहयोग गर्ने उनको विश्वास छ ।
किसानले गोलभडाबाट गाउँ पालिकाको १७ हजारसम्म नगद अनुदान प्रापत गरेका छन् । मैनादी बाट दैनिक उत्पादन भएको गोलभेडा पाल्पा पोखरा, स्याङ्जा, रुपन्देहीमा निकासी हुँदै आएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६ सोमबार ००:००  २ : ३१ बजे