दाङ ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवाका लागि आउने महिलाहरुले पाउने सुत्केरी भत्ताको फेरि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्तासमेत वितरण हुन सकेको थिएन ।स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले कार्तिक १ गतेबाट प्रसूति सेवा लिन आउने महिलाहरुलाई सुत्केरी भत्ता दिने भएको हो ।
स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता २ करोड रुपैयाँ बजेट निकासा भएको र त्यसै अनुसार आउँदो कार्तिक १ गतेबाट सुत्केरी भत्ता दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले आफूले दिने ओपीडी र इमरजेन्सी शुल्क वृद्धि गरेको छ । यसअघि ओपीडी शुल्क २५ र इमरजेन्सी शुल्क ३० लिँदै आएकोमा कार्तिक १ गतेदेखि ओपीडी शुल्क ६० र इमरजेन्सी शुल्कमा ८० कायम गरेको छ ।
१६ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया