एजेन्सी ।
चीनमा एउटा नगरका पूर्व प्रमुखको घरभित्र साढे १३ टन सुनसहित करोडौँ रुपैयाँ रकम भेटिएको छ। हैनान प्रान्तको हैकाउ शहरका पूर्वनगर प्रमुख ५८ वर्षीय झाङ्ग की नाम गरेका अधिकारीको घरबाट साढे १३ टन सुन र २ लाख ६२ हजार करोड डलर बरामद भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रिय पर्यवेक्षक आयोगद्वारा गरिएको अनुसन्धानका क्रममा बरामद गरिएको उक्त सुनको मूल्य लाखौँ डलर रहेको छ। प्रहरीले उनको घरमा छापा मारी सुन, करोडौँ नगद, पुरातात्विक सामानहरू र विलासी घरजग्गाका कागजातहरू बरामद गरेको छ। प्रभावशाली कम्युनिष्ट अधिकारी झाङ्गले घुसका रूपमा सुन लिएको आशंका गरिएको छ। उनलाई हैनान प्रान्तको शीर्ष पदमा रहेका उनलाई पदबाट हटाइसकिएको र अनुसन्धान चलिरहेको सञ्चार माध्यमहरूले जनाएका छन्। झाङ्गमाथि लागेको आरोप पुष्टि भए उनी चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माभन्दा धेरै धन लुकाइराख्ने व्यक्तिका रूपमा चिनिनेछन्। चीनमा सरकारी कर्मचारीले आर्थिक अपराध गरेको ठहरिएमा मृत्युदण्ड दिने प्रावधान छ। उनलाई प्रहरीले अहिले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। उनी झण्डै नब्बे लाख जनसंख्या रहेको हैनान प्रान्तको हैकाउका कम्युनिष्ट पार्टी कमिटीका सचिव समेत रहिसकेका छन्। यसका साथै उनी हैनान प्रान्तको स्थायी समितीका सदस्यसमेत थिए। सचिब छँदा पनि उनलाई नगरप्रमुख सरहको अधिकार दिइएको थियो । उनले सन् २०१२ मा पद सम्हालेपछि चीनमा १० हजार मानिसलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको छ। समाचार अनुसार सैन्य अधिकारी र शीर्ष अधिकारीहरूसहित कम्तिमा १ सय २० जना भ्रष्टाचारमा संलग्न रहेको ठहर भइसकेको छ।
१६ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया