जनकपुरधाम ।
महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव फेला परेको छ । युवतीको शव गौशाला नगरपालिका(१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
मृतक गौशाला नगरपालिका १० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको देखिएको बताए । बलात्कार भए नभएको बारे भने मेडिकल रिपोर्ट नआएसम्म तत्काल केही भन्न सक्ने अवस्था नभएको उनले बताए ।
‘मेडिकल रिपोर्ट आएपछि बलात्कार भएको हो, होइन भन्ने थाहा लाग्छ,’ उनले भने, ‘घट्नाको बाँकी अनुसन्धान शुरु गरेका छौं ।’
प्रतिक्रिया