सूर्य चुदाली, वाणगंगा ।
कपिलवस्तुको पश्चिमी क्षेत्रको एक विद्यालयमा पशु विज्ञान विषय पढाइ हुने भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ९ बहादुरगंजमा रहेको राम गोरखा मा.वि.मा भेटनरी जे.टि.ए (पशु विज्ञान) विषय पढाइ हुने भएको हो । यसै शैक्षिक सत्रबाट लागु हुने गरी भेटनरी जे.टि.ए पशु विज्ञान विषय पढाइ हुन थालेको विद्यालयका प्रधानाध्यापक प्रदिप सिंहले जानकारी दिनु भयो ।
सि.टि.इ.भि.टि.अन्तर्गत पढाइ हुने भेटनरी जे.टि.ए.(पशु विज्ञान) विषय १८ महिने रहेको उहाँले बताउनु भयो । यो विषय अध्ययन गर्नका लागि एस.एल.सी. उत्तीर्ण अर्थात एस.इ.इ.परीक्षामा कम्तीमा इ.ग्रेड प्राप्त गरेको हुनुपर्ने उहाँले बताउनु भयो ।
उक्त विषयमा एक शैक्षिक सत्रमा ४० वटा मात्र सिट रहेकोले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न समेत प्रधानाध्यापक सिंहले अनुरोध गर्नुभयो । वि.सं.१९९० मा स्थापित राम गोरखा मा.वि.जिल्लाकै दोस्रो पुरानो विद्यालय हो ।
१६ आश्विन २०७६ बिहिबार ००:००
4
Shares
प्रतिक्रिया