बाबुराम रायमाझी, भलवाड ।
युनाइटेड युथ क्लव बाणगंगा ९ पडरियाको आयोजनामा शुभ विजया दशमीको अवसरमा प्रथम टोल स्तरीय नकाउट फुटवल प्रतियोगीता २०७६ पडरियाको खेल मैदानमा शुरु भएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा वा.न.पा.- ९ का वडाध्यक्ष धुर्व बेल्वासेले खेलाडी भनेका राष्ट्रका गहना भएको हुँदा यसलाई संस्थागत बिकासको रुपमा अगाडी बढाउने कार्यका वडाको सदैव सहयोग रहने कुरा बताउँदै खेलाडी टीमलाई फुटवल दिएर खेलको शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता युनाइटेड युथ क्लव बाणगंगा ९ पडरियाका अध्यक्ष चुरामणि अर्यालको थियो भने स्वागत आश्विन कार्कि र सञ्चालन निशान खड्काले गरेका थिए ।
फुटवल प्रतियोगितामा विजेजा समूह प्रथमलाई खसी, मेडल, ट्रफी प्रमाणपत्र, द्धितियलाई बोका मेडल, ट्रफी प्रमाणपत्र रहेको छ । यसको प्रायोजकमा क्रमश सरेपानी सामुदायिक वन र जनसेवा महिला कृषक समूह पडरियाले प्रायोजन गरेका छन् । ११ वटा टीमको सहभागीता रहेको छ । खेल असोज १५ देखि २० गतेसम्म हुने आयोजकले जनाएको छ ।
१५ आश्विन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया