मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा ३ राजापानीमा जारी जिल्लास्तरीय फुटवलमा आयोजना गरिएको बुढासुड्डा फुटबलमा आयोजक मुहान एफसीले मायादेवी मिडियालाई पराजित गरेको छ । विहिबार भएको पहिलो खेलमा मुहानले मायादेवी मिडियामाथि ४–२ गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो ।
निकै रोमाञ्चक खेलमा पहिलो हाफमै दुवै टोलीले दुईदुई गोल गरेका थिए । मुहानले पहिले गोल गर्दै अग्रता दिलाए पनि लगत्तै मायादेवी मिडियाका शंकर झेँडीले गोल गरी अग्रता बराबरी गरेका थिए । त्यसपछि मुहानका अर्बिन मल्लले प्रहार गरेको आक्रामक प्रहार मायादेवीको डिफेन्सलाई टच गर्दै गोलमा परिणत भएको थियो । तुलनात्मक रुपमा कमजोर देखिएको मायादेवीले स्टार खेलाडीले भरिपूर्ण मुहानलाई सजिलै जित्न दिएन ।
पहिलो हाफको अन्त्यतिर मायादेवी मिडियाका चन्द्रकान्त न्यौपानले आर्षक गोल गर्दै खेल २–२ को बराबरीमा लगे । मुहानको रक्षा पंतीलाई छलाउँदै खेल मैदानको बाँयाँ कर्नरतिरबाट न्यौपानले प्रहार गरेको बलले नाटकीय रुपमा जाली चुमेको थियो । मुहानका गोल किपर नविन क्षेत्रीले सो बल नियन्त्रण गर्ने कुनै मौका पाएका थिएनन् भने दर्शकले पनि जोडदार ताली बजाएर गोलको स्वागत गरेका थिए । न्यौपानले जारी प्रतियोगिताकै अहिलेसम्मको उत्कृष्ट गोल गरेको खेल रेफ्रीहरुले बताएका छन् । न्यौपाने रेडियो मायादेवीका स्टेशन म्यानेजर हुनहुन्छ ।
पहिलो हाफ दुईदुईको बराबरीमा सकिएपछि सुरु भएको दोश्रो हाफको अन्त्यसम्म मुहानले थप २ गोल गरी संघर्षपूर्ण जित हासिल गरेको थियो । खेलको अन्त्यतिर मुहानका अर्विन मल्लले फ्रि किकमार्फत आकर्षक गोल गरका थिए । मायादेवी मिडिया प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेको छ । बुढासुड्डाको विजेताले २५ हजार बराबरको खसी पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा विहिबार पनि बुढासुड्डाको एक खेल हुँदै छ ।
१५ आश्विन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया