थानेश्वर अधिकारी, वाणगंगा ।
कपिलवस्तुको ऐतिहासिक पर्यटकिय तथा धार्मिक तिर्थ स्थल लक्ष्मणघाटमा आज एक समारोहका बिच पुर्णकदको मुर्ति सहितको लक्ष्मण पार्क उद्धघाटन गरिएको छ । प्रदेश ५ सरकारका उद्योग पर्यटन तथा वन वातावरण मन्त्रि लिला गिरिले उक्त पार्कको उदघाटन गर्नुभएको हो । लक्ष्मणघाटको विकासको लागी प्रदेश सरकारले चासो दिएको मन्त्रि गिरीले बताउनुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले लक्ष्मणघाटको व्यवस्थापनका लागी प्रदेशले २० लाख रकम विनियोजन गरेको जानकारी दिनुभएको छ । स्थानीय बासिन्दाको आर्थिक स्तर उकास्न पनि लक्ष्मणघाटले सघाउने गिरीको भनाई रहेको छ ।
प्रदेश सरकारको २० लाख , वाणगंगा नगरपालिकाको १० लाख र स्थानीय जनसमुदायकोआर्थिक सहयोगमा लक्ष्मणको पुर्ण कदको मुर्ति सहितको पार्क, सभाहल , पुरानो प्रतिक्षालय मर्मत , स्नान घाटको निमार्ण लगाएतको कार्य भैरहेको लक्ष्मणघाट बोलवमधाम विकास समितिका अध्यक्ष रनबहादुर काउचाले जानकारी दिनुभएको छ ।
बोलबमधाम विकास समितिको अगुवाईमा स्थानिय जनसमुदायबाट स्वस्र्फुत सहयोग संकलन गरी सो मुर्ती र पार्क स्थापना गरिएको हो ।
कार्यक्रम समितिका अध्यक्ष रन बहादुर काउचाको अध्यक्षता उपाध्यक्ष सत्यनारायण थारुको स्वागत र सचिव प्रकाश भुषालको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थि,जिल्ला समन्वयन समितिका उपप्रमुख तारावती थारु ,वाणगंगा नगरपालीका उपप्रमुख चक्रपाणि अर्याल ,नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, बाबुराम खनाल, बोलबमधाम विकास समितिका पुर्व अध्यक्ष तेजेन्द्र बहादुर पाण्डेय,युवाराज पोख्रेल,हुमनाथ भट्राई लगायतको उपस्थिति रहेको थियो ।
१५ आश्विन २०७६ बुधबार ००:००
2
Shares
प्रतिक्रिया