७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

४० हजार घुस सहित कपिलवस्तुमा दुई जना पक्राउ



राम अवतार चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका–८ विशनपुरमा ४० हजार घुस सहित दुई जना पक्राउ परेका छन् । श्री बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्या र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले घुससहित रंगे हात पक्राउ गरेको छ ।
विद्यालयमा विज्ञान शिक्षक भर्ना गराउने आवश्वासनमा घुस मागेपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो । चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटलबाट कार्यालय सहयोग लोनियाले उक्त रकम बुझेको र प्रअ पनि सोहि स्थानमा रहेको बताइएको छ ।
उनीहरु मथि थप अनुसान्धन भई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  ४ : ३९ बजे