काठमाण्डौँ ।
आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेकाछन् । प्रत्येक १० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएकोछ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।
यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्षे कार्यकालमै मासिक पाँच हजार रुपियाँ र्पुयाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालमा पहिलोपटक विसं २०५१ मा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता २०७६ साउनदेखि तीन हजार रुपियाँ र्पुयाइएको छ ।
उनले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्दै गरेको जनाएका हुन् ।प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताए ।
व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढ्दै गएको र अहिले करिब ३० लाख पुगेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ’आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।’
प्रतिक्रिया