मायादेवी अनलाइन, कपिलवस्तु ।
हिन्दू धर्मालम्बीहरुको महान चाड बडा दसैंको तेस्रोे दिन आज विभिन्न शक्तिपिठहरुमा देवी चन्द्रघण्टालाई पूजाआजा गरिँदैछ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।
चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुंदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ । जगत वैभवशाली भएको छ । बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ ।
चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुंदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् । नवदुर्गा भवानीको पूजा गर्नेमा आज दशैंको तेश्रो दिन पूजाआजका लागि विहानैदेखि नजिकका शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ । बिभिन्न नदी, ताल तलाउमा गई नुहाएर पुजाआजा गर्ने भक्तजनहरुको घुईचो लागेको हो ।
बिभिन्न ठाउमा रहेका बिभिन्न देवी देवता तथा शक्तिपिठहरुका मन्दिरमा गई पुजाआजा गरिदै छ । नवरात्रको अवधिभर बिभिन्न देवी देउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र गरि ब्रत बस्ने प्रचलन पनि छ ।नवरात्रमा ब्रत बस्नाले सोचेको मनोकामना पुरा हूने र मागेको कुरा पुरा हुने जनविश्वास छ ।
१४ आश्विन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया