मायादेवी अनलाइन, कपिलवस्तु ।
सूर्योदय युवा क्लव बुङची बाणगंगा ३ राजापानीमा जारी जिल्लास्तरीय फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेश्रो क्वाटर फाइनल खेलमा आयोजक मुहान जुनियरलाई ३–१ गेल अन्तरले पराजित गर्दै सूर्योदय सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा सूर्योदयको जितमा जर्सी नम्बर ४ का अमृत जिसीले २ तथा जर्सी नम्बर ४ का सुजन खत्रीले १ गोल गरेका थिए । मुहानको लागि एक मात्र सान्तवना गोल जर्सी नम्बर १८ का रोशन कुँवरले गरेका थिए । अहिलेसम्म सूर्योदय संगै सेमिफाइनल पुग्ने ३ टोलीको टुँगो लागेको छ । अब आज हुने अन्तिम क्वाटर फाइनल खेलको विजेता सेमिफाइनलमा पुग्ने छ ।
आज दिउँसो ३ बजे मुहान ए टिम र सिउटी युवा क्लवले प्रतिस्पर्धा गर्नेछन् । यसअघि विजयी हुँदै न्यू बुद्ध बनकट्टी र सनराइजमोतिपुर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताअन्तर्गत सोमबारबाट बुढासुड्डा प्रतिस्पर्धा पनि सुरु भएको छ । सोमबारको पहिलो खेलमा सूर्योदय बुङचीले हरिहरपुरको टोलीले पराजित गरेको छ । बुङचीले हरिहरपुरको पोष्टमा ३ गोल गर्दा हरिहरपुरले एक गोल मात्र फर्काउन सफल भएको थियो ।
हरेक दिन खेल मैदानमा दर्शकको उपस्थिति घटेको छैन थिएन । यही असोज १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६० हजार शिल्ड,मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले ३५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । विधागत तर्फ पनि खेलाडीले पुरस्कार पाउने छन् ।
प्रतिक्रिया