८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

केन्याकी रुथले म्याराथनको उपाधि जितिन्



एजेन्सी ।
दोहामा भइरहेको विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला तर्फको म्याराथनको उपाधि केन्याकी रुथ चेपनेगेटेचले जितेकी छन् । दोहाको कष्टकरण मौसमका कारण धेरै एथ्लेटले प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
स्थानीय समय अनुसार मध्यरातमा दौड सुरु भएको हो । र पनि त्यहाँको तापक्रम ३२ डिग्री सेल्सियस तथा आद्रता ७० प्रतिशत भन्दा बढी रहेको थियो ।

अत्याधिक गर्मी भएकै कारण प्रशिद्ध एथ्लेट पनि रोकिन बाध्य भए । म्याराथनका लागि दोहा यो समय उपयुक्त नहुने परामर्शहरु आइरहे पनि आयोजकले स्थान र समय परिवर्तन गरेनन् । इथियोपियाकी धाविका रुती एगाले रोकिन बाध्य भइन् । उनी टोकियो म्याराधनकी विजेता हुन् ।

दुई घण्टा ३२.४३ सेकेण्डमा दूरी पूरा गरेर २३ वर्षकी रुथले उपाधि जितेकी हुन् । साबिक विजेता बहराइनकी रुथ क्यालिमो दोस्रो भइन् । कतारको राजधानीमा भएको म्याराधनको दूरी उनले दुई घण्टा ३३.४६ सेकेण्डमा पूरा गरिन् । यस्तै कमनवेल्थ च्याम्पियन नामिबियाकी हेलालिए जोहान्नेसले दुई घण्टा ३४.१५ सेकेण्डमा दूरी पूरा गरेर तेस्रो भइन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६ शनिबार ००:००  ९ : ४४ बजे