८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगा नगरपालिका तात्यो बजार अनुगमनमा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका बजार अनुगमनमा तातेको छ । नेपालीहरुका महान पर्वहरु नजिकिएसंगै नगरपालिका बजार अनुगमनमा तातिएको हो । प्राय गरी चाडपर्वको मौका छोपि व्यापारीहरुले उपभोक्ता ठग्ने गर्छन् । त्यसो नहोस भन्नका लागि अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
नगर उप प्रमुखको संयोजकत्व बजार अनुगमन समिति बन्ने कानुनी प्रावधान छ । तर, नेपालमा चाडपर्वको बेलामा मात्र बजार अनुगमन गर्ने गरिएको भन्दै जनताले बेला बेला गुनासो गर्ने गरेका छन् ।
नगरपालिकाका नगर उप-प्रमुख चक्रपाणी अर्यालको संयोजत्वमा शुक्रबार पिपरा र बैरियामा रहेका मासु पसल र औषधी पसलको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्ड पूरा नगरि सञ्चालन गरेको पाइएको छ । मासु पसलमा फोहर बढी देखिएको छ भने अधिकांशले विल प्रयोग नगर्ने गरेको पाइएको छ ।
यस्तै पिपराका केही औषधि पसल पनि मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । मापदण्ड विपरित सञ्चालनमा रहेका पसललाई अनुगमन टोलीले चेतावनी जारी गरेको छ ।
अब चाडपर्व वरिपरी बजार अनुगमनलाई तीव्र पार्ने नगरपालिकाका नगर उप प्रमुख अर्यालले मायादेवी अनलाइनलाई बताउनुभयो ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ६ : ५१ बजे