धनुषा ।
जनकपुर उपमहानगरपालिका–८ को रत्नसागर पोखरीमा एक युवकको शव भेटिएको छ ।
रत्नसागर पोखरीमा बिहीबार दिउँसो ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बस्ने ३० वर्षीय राजकुमार राउतको शव भेटिएको हो ।
स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई निकालेर पोस्टमर्टमको लागि जनकपुर अञ्चल अस्पताल लगेको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
१० आश्विन २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया