८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नौबिसे–नागढुंगा जामले विरामीको मृत्यु, यात्रु अलपत्र 



काठमाडौँ ।

सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्ग्स्थित महादेवदेंसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भएको हो ।

साह मृगौलाका बिरामी हुन् । नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित भएको छ । अहिले कैयौँ किलोमिटरको जाम परेको छ । यात्रुहरु विच बाटोमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  १० : १३ बजे