८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

फ्रान्सका पूर्व राष्ट्रपतिको निधन



एजेन्सी ।
फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको बिहीबार निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँ ८६ वर्षको हुनुहुन्थ्यो ।सिराक फ्रान्सको राजनीतिमा करिब तीन दशक निकै चर्चामा रहनुभएको थियो । पेरिसको नगर प्रमुख, प्रधानमन्त्री हुँदै सन् १९९५ देखि सन् २००७ सम्म फ्रान्सको राष्ट्रप्रमुखका रूपमा उहाँले गरेका कामले उहाँलाई फ्रान्सेलीहरू एक कुशल राजनीतिज्ञका रूपमा चिन्ने गर्छन् ।

ुराष्ट्रपति ज्याक सिराकको बिहान परिवारको काखमा स्वभाविक निधन भएको छु, भूतपूर्व राष्ट्रपति सिराकका ज्वाँइ फ्रेडेरिक सलात बरोक्सले एएफपीलाई बताउनुभयो ।सिराकको समयमा फ्रान्सको पहलमा यूरोपमा एकल मुद्रालाई प्रचलनमा ल्याइएको थियो । उहाँले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो ।

एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका सिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित हुनुभए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल हुनुभएको थियो भने सन् २००२ मा पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएका थियो ।उहाँको निधनपछि फ्रान्सका राष्ट्रपति रिचार्डले सिराकलाई फ्रान्सको इतिहासका रूपमा स्मरण गर्नुभयो ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ८ : ३१ बजे