८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपालगञ्जको चर्चित ‘गौहत्या प्रकरण’को मुद्दामा अदालतको आदेश आज



नेपालगञ्ज –नेपालगञ्जको चर्चित ‘गौहत्या प्रकरण’को मुद्दामा सुर्खेत जिल्ला अदालतमा दर्ता भएको मुद्धामा आज अदालतले आदेश दिँदै छ । भदौ १२ गते नेपालगञ्जबाट दैलेख लैजाँदा सुर्खेतको कटकुवा जंगलमा करिब तीन दर्जन गाई मृत अवस्थामा फेला परेपछि १८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुविरुद्ध हिजो सुर्खेत जिल्ला अदालतमा बहस भएको हो। बिहीबार बहस सकिए पनि आदेश आएको छैन। अदालतको आदेश आज आउने छ । सरकारी वकिल डम्बर काफ्लेले मापदण्ड पूरा नगरी गाई लगिएको र लापरबाही गरेर मारिएको दावी गरेका छन्। गाई काण्डमा सुर्खेत प्रहरीले १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। तीमध्येमा १६ जना थुनामा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी आठ जना, ट्रक चालक र सहचालक सात जना र एकजना ढुवानी सञ्चालकलाई प्रहरीले थुनेको छ।गाई काण्डले देशव्यापी तरंग ल्याएपछि सरकारले गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले २५ दिन लगाएर तयार पारेको प्रतिवेदन बुधबारमात्रै गृहमन्त्रीलाई बुझाएको छ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ६ : ५८ बजे